• शनिबार, साउन ९ २०८३

सन्दीप लामिछानेविरुद्धको मुद्दा शिशिरराज ढकालको इजलासमा


आइतबार, पुष ८ २०८०
1.6K
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा तोकिएको छ ।

क्रिकेटर लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर जबरजस्तीकरणी मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुन लागेको हो ।

गत २३ कात्तिकमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । यसपछि वादी र प्रतिवादी दुवै पक्षका अधिवक्ताहरुले बहस नोट बुझाइसकेका छन् ।

गत १५ फागुनमा सर्वोच्च अदालतले  चाँडो फैसला गर्न आदेश दिए पनि विभिन्न कारणले सुनुवाइ ढिलाइ भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार