काठमाडाैँ । सूचनाकाे हक र अधिकार क्षेत्रका अभियान्ता उमिद बागचन्दले अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । सूचनाको हकका लागि राष्ट्रिय महासंघ नेपालका केन्द्रीय अध्यक समेत रहेका बागचन्दलाई भारतमा अन्तराष्ट्रिय गाैरव अभियान पुरस्कार प्रदान गरिएकाे हाे ।
भारत स्वतन्त्र भएको अवसरमा राजधानी दिल्लीमा आयाेजित एक विशेष कार्यक्रमका अवसरमा बागचन्दलाई पुरस्कृत गरिएकाे हाे ।
सूचनाकाे हकका क्षेत्रमा याेगदान पुर्याएकाे भन्दै उनलाई पुरस्कृत गरिएकाे बताइएकाे छ । आरटिआई क्षेत्रमा लामाे समयदेखि कार्यरत रहेका बागचन्दलाई नेपालमा महासंघ नै स्थापना गरेर सूचनाको हकको अभियानमा महत्वपूर्ण भुमिका खेलेकाे र आशालाग्दो उपलब्धि हासिल गरेवापत सम्मान सहित पुरस्कृत गरिएको आयाेजकले बताएकाे छ ।
बागचन्दसहित समाजमा याेगदान पुर्याउने भारतका विभिन्न प्रान्तका चिकित्सक, ईन्जिनीयर, सामाजिक अभियन्ता र पत्रकारहरुले समेत साे पुरस्कार प्राप्त गरेका छन ।
महासंघका अध्यक्ष बागचन्द पत्रकारिता क्षेत्रमा समेत कृयाशिल छन् । उनले झण्डै तिन दशक बिबिसीमा काम गरेका थिए ।