• शनिबार, साउन ९ २०८३

नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आजदेखि काठमाडौँमा


शनिबार, पुष ७ २०८०
1.9K
Shares

काठमाडौँ– नेपाली कांग्रेसको पहिलो बागमती प्रदेश सम्मेलन आजदेखि काठमाडौँमा हुँदैछ ।

सम्मेलनको केन्द्रीय सभापति शेरबहादुर देउवाले बिहान साढे ८ बजे  नवदुर्गा पार्टी प्यालेस, सुकेधारमा उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सम्मेलनका लागि बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जानकारी दिए।

सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति, नगरपालिका/गाउँपालिकामा निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति सहभागी हुने छन् ।

कांग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार