• शनिबार, साउन ९ २०८३

कुवेतमा राेजगारी गरेर फर्किएकी महिलाले कुटिन मेनपावर व्यवसायी


शुक्रबार, पुष ६ २०८०
1.7K
Shares

काठमाडौँ । कुवेतबाट फर्किएकी महिलाले एक मेनपावर व्यवसायीमाथी हातपात गरेकी छिन् । वैदेशिक रोजगारीका लागि कुवेतबाट फर्किएकी एक जना महिलाले मेनपावर व्यवसायीमाथि कुटपिट गरेकी हुन् । वैदेशिक रोजगार विभाग परिसरभित्रै केपी इन्टरनेसनल ओभरसिजका संचालक निर्मल राय अमात्यमाथि कुटपिट भएको हो ।

कुवेतमा आफू ठगिएको भन्दै ती महिलाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् । त्यही उजुरी उपर छलफल गर्न भनी विभागको कार्यकक्षमा उपस्थित भई उजुरीका बारेमा छलफल हुँदै गर्दा मेनपावर सञ्चालक अमात्यामाथी हातपात भएकाे हाे।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार छलफल चलिरहेकै बेला ती महिला र उनीसँगै आएका मान्छेहरूले गालीगलौज, कुटपिट र हातपात गरेका हुन् । संघले एक विज्ञप्ती प्रकाशित गर्दै दाेषीमाथी कारबाहीकाे माग गरेकाे छ।

संघले विभागभित्रै यस्तो गैरकानुनी कार्य गर्नेहरुलाई कुनै पनि कारबाही नगर्नु गम्भीर र आपत्तिजनक रहेको जनाएको छ । गैरकानूनी कार्य गर्नेहरुलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न समेत माग गरेको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले ती महिलालाई मेनपावर व्यवसायीले आफ्नै खर्चमा टिकट काटेर नेपाल ल्याएको बताए । तर, विभागमा छलफल भइरहेकै बेला मान्छेहरू बोलाएर कुटपिट गरिएको बताए ।

sangh suchana

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार