• शनिबार, साउन ९ २०८३

माओवादी पदाधिकारी बैठक बालुवाटारमा बस्दै


बिहिबार, पुष ५ २०८०
2K
Shares

सत्ताको नेतृत्व गरिहेको माओवादी केन्द्रको पदाधिकारी बैठक आज (बिहीबार) बिहान बस्दै छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान साढे आठ बजेबाट बैठक सुरु हुने एक नेताले जानकारी दिए। बैठकको लागि माओवादी नेताहरु बालुवाटारमा जम्मा भइरहेका छन्।

बुधबारको लागि बोलाइएको बैठक माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताको कारण आजको लागि सारिएको हो।

यसअघि माओवादी पदाधिकारी बैठक मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो।

बैठकमा राष्ट्रियसभाको निर्वाचन, पार्टीको विधान सम्मेलन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिबारे छलफल हुने एजेन्डा थियो।

बैठकमा पार्टीले सञ्चालन गरेको तीन महिने विशेष रूपान्तरण अभियानको समीक्षा पनि गर्ने तयारी छ।

माओवादी केन्द्रले सञ्चालन गरेको रुपान्तरण अभियान यही पुस १५ गते समापन हुँदै छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार