• शुक्रबार, साउन ८ २०८३

राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदाता संख्या दुई हजार ४७


बिहिबार, पुष ५ २०८०
1.8K
Shares

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली स्वीकृत भएको छ। निर्वाचन आयोगको बुधबार बसेको बैठकले मतदाता नामावली स्वीकृत गरेको हो।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर मतदाता हुने कानूनी व्यवस्था छ।

सोही व्यवस्थाबमोजिम प्रदेशसभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर १ हजार ४९८ जना गरी जम्मा २ हजार ४७ जनाको मतदाता नामावली स्वीकृत भएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार