• शनिबार, साउन ९ २०८३

कांग्रेसको गण्डकी प्रदेश सम्मेलन आज, सभापति देउवाले उद्घाटन गर्ने


मंगलबार, पुष ३ २०८०
1.5K
Shares

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आजदेखि पोखरामा सुरु हुँदै छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मेलनको उदघाटन पोखरा सभागृहमा गर्ने छन् । बन्दसत्र भने भोलि पोखरा पार्टी प्यालेसमा हुने छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माका अनुसार सम्मेलनमा पार्टी सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत सहभागी हुनेछन् । बन्दसत्रमा गण्डकी प्रदेश कार्यसमितिका सहित पाँच सय जना प्रतिनिधिले भाग लिनेछन् ।

संघीयतापछि कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गरिरहेको छ । यसअघि गत मंसिर १६ र १७ गते नेपाली कांग्रेसकोे लुम्बिनी प्रदेश सम्मेलन भएको थियो ।

अब मधेश प्रदेश सम्मेलन पुस ५ र ६ गते, बागमतीको पुस ७ गते र कोशीको पुस ९ गते प्रदेश सम्मेलन हुने नेपाली कांग्रेसले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार