• आइतबार, साउन १० २०८३

५ लाख रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ


सोमबार, पुष २ २०८०
1.3K
Shares

बारा । बारामा पाँच लाख रुपैयाँ घुससहित एक जना वडाअध्यक्ष पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई पाँच लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

वडाध्यक्ष कार्कीले बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो । कार्की नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए, उनी एमालेका मधेस प्रदेश कमिटी सदस्य हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार