• शनिबार, साउन ९ २०८३

चौथो पटक सारियो कांग्रेसको महासमिति बैठक


शुक्रबार, मंसिर २९ २०८०
2K
Shares

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक चौथो पटक पनि सारेको छ ।

आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको छ ।

त्यसअघि कांग्रेसले पुस १६ देखि १९ गतेका लागि महासमिति बैठक बोलाएको थियो । यही समयमा राष्ट्रिय सभा चुनाव पनि हुने भएकाले बैठक सार्ने निर्णय भएको नेता विमलेन्द्र निधिले बताए ।

महासमिति बैठक अघि पुस १२ गतेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक पनि बोलाइएको छ ।

कांग्रेसको महासमिति बैठकको मिति सरेको यो चौथो पटक हो । यसअघि कांग्रेसले मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक बस्ने निर्णय गरेको थियो ।

त्यो बैठक कांग्रेसले दुई साता पछि सारेर मंसिर २९ तथा पुस १ र २ गते गर्ने निर्णय गरेको थियो । त्यसपछि फेरि बैठक सारेर पुस १६ गतेदेखि १९ गतेका लागि तय गरिएको थियो ।

राष्ट्रिय सभा निर्वाचन र जाडो मौसमलाई कारण देखाउँदै कांग्रेसले चौथो पटक महासमिति बैठक सारेर फागुन ७ देखि १० सम्म गर्ने निर्णय लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार