• आइतबार, साउन १० २०८३

हेटौँडामा किन भेला हुँदैछन् सातै प्रदेशका मुख्यमन्त्रीहरू ?


शुक्रबार, मंसिर २९ २०८०
1.9K
Shares

काठमाडौँ । सङ्घीयता कार्यान्वयनका सवालमा सङ्घीय सरकारलाई दबाब दिन ७ प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुने भएका छन् । संवैधानिक अधिकारका विषयमा सङ्घीय सरकारले प्रत्यायोजन गर्नुपर्ने अधिकारलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्रीहरू आगामी पुस १३ गते हेटौँडामा भेला हुने भएका हुन् ।

संवैधानिक अधिकारका विषयमा आवश्यक योजनाहरू कार्यान्वयनका लागि सङ्घीय सरकारलाई दिएको समय सीमा समाप्त हुनु २ दिनअघि ७ प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडा भेला हुने तयारी गरेका हुन् । पोखरामा भएको बैठकले गरेका ६ वटा निर्णय कार्यान्वयन नभएका बखत मुख्यमन्त्रीहरूले अन्तर प्रदेशको तेस्रो बैठकमार्फत सङ्घीय सरकारलाई दबाब दिने तयारी गरेका हुन् ।

पोखरामा गत असार १५ मा मुख्यमन्त्रीको अन्तर प्रदेश बैठकले १७ बुँदे साझा पत्र जारी गरेको थियो । पोखरामा भएको बैठकमा सङ्घीय सरकारले आवश्यक कानुन नबनाउँदा प्रदेशहरूले काम गर्न नसकेको, योजना कार्यान्वयन र बजेट खर्च हुन नसकेको विषयमा मुख्यमन्त्रीहरुले ध्यानाकर्षण गराएका थिए । प्रदेशको औचित्यमाथि नै प्रश्न उठेको भन्दै सङ्घीयता कार्यान्वयनमा जोड दिन प्रधानमन्त्रीलाई आग्रह समेत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार