• शनिबार, साउन ९ २०८३

जनभावना विपरित बजेट आयो ः साँसद मनकुमारी गुरुङ


बिहिबार, असार ४ २०७७
975
Shares

पोखरा । गण्डकी प्रदेश सरकारले जनभावना विपरित बजेट ल्याएको साँसद मनकुमारी गुरुङले बताएकी छिन् । गत असार १ गते प्रदेशसभामा अर्थमन्त्री किरण गुरुङले पेश गरेको बजेटमा बुधबार संसदमा प्रतिकृया दिदै गुरुङले जनताको मर्म र अपेक्षा विपरित बजेट आएको बताएकी हुन ।
उनले प्रदेश सरकारले आफ्ना कार्यकर्ता पोस्ने बजेट ल्याएको समेत आरोप लगाइन । ‘बजेट ल्याउदा जनताको आवस्यकता हेरिएन, मर्म र भावना बुझिएन’ उनले भनिन ‘आफ्नालाई जोगाउने बजेट आयो, याे न जनताको हितमा छ, न उद्योगी व्यवसायीको ।’

संघीय प्रणालीलाई टिकाउन स्थानीय तहले प्राथमिकतामा राखेका योजनालाई प्रदेश सरकारले समेट्न नसकेको समेत उनले बताइन । स्थानीय तहले प्राथमिता दिएका तर बजेट अभाव भएर प्रदेशमा सिफारिस भएका योजनालाई लत्याएर सरकारले कार्यकर्ता केन्द्रित बजेट निर्माण गरेको उनको आरोप छ ।

त्यस्तै जिल्ला समन्वय समितिलाई योजना अनुगमनका लागि दिएको बजेट समेत अपुग भएको गुनासो गरिन । युवा, महिला, दलित र पछाडी परेका समुदायको उत्थानका लागि बजेट नभएको भन्दै उनले तत्काल बिनियोजन गर्न माग गरिन ।

यसैगरी कृषिमा व्यावसायिकताका नाममा किसानलाई झापड हान्ने काम भएको समेत उनको तर्क छ । उनी गोरखाबाट नेपाली काँग्रेसकाे समानुपातिक तर्फकी सांसद हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार