• शनिबार, साउन ९ २०८३

बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै


शुक्रबार, मंसिर २९ २०८०
1.9K
Shares

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी गरिरहेको छ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सोही अनुसार शुक्रबार जिल्ला अदालतमा धरौटी बुझाएपछि उनी रिहा हुन्छन् । तर धरौटी बुझाएपछि खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइने बताइएकाे छ ।

बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाणलाई ३० लाखमा छाड्न आदेश दिएसँगै उनी रिहा हुन लागेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार