नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपात भएको छ। बिहीबार मध्याह्न करिब १२ बजेतिर अध्यक्ष ओलीमाथि लेगुवा भन्ने ठाउँमा हातपात भएको हो।
स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए। ओलीमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्वागतका लागि लाइनमा बसेका महेश राईले ओलीमाथि हातपात गरेको बताइएकाे छ।
ओली मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम अभियानका क्रममा आज धनकुटा पुगेका थिए।