• शनिबार, साउन ९ २०८३

बालकृष्ण खाँणलाई थुन्ने कि छाेड्ने ? आज सुनुवाई हुँदै


बिहिबार, मंसिर २८ २०८०
1.7K
Shares

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि आज सुनुवाइ हुँदैछ।

उनले दिएको निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुने भएको हो।

यसअघि अरुका हकमा राय मिलेको भए पनि खाँणको हकमा दुई न्यायाधीशबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा उनको निवेदन पेस हुन लागेको हो।

कुन न्यायाधीशको इजलासमा सुनुवाइ हुन्छ भन्ने कुरा अहिले नै टुंगो लागिसकेको छैन। आज कार्यालय समय सुरु भएपछि गोला प्रक्रियाबाट मात्रै इजलास टुंगो लगाइने बताइएको छ।

आज सुनुवाइ गर्नेले यसअघिका दुई मध्ये जुन न्यायाधीशको राय समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुनेछ।

१५ मंसिरमा उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा शेर्पासहित ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार