काठमाडाैँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले राजीनामा दिएका छन्। उनले आयल निगम बोर्डमा मंगलबार राजीनामा बुझाएका हुन्। उनले स्वेच्छाले राजीनामा दिएको बोर्डमा बुझाएको पत्रमा उल्लेख रहेको एक सदस्यले बताए।
थानीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजिनामा बुझाएका छन्। थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए। २१ महिना कार्य सम्पादन गरेका थानीले १५ महिना अगाबै पदबाट राजिनामा दिएका हुन् ।
स्रोतका अनुसार थानी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा जाने योजना अनुसार राजिनामा दिएको बताइएको छ । थानी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा निकट छन्।
थानी निगममा आउनुअघि नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सका अध्यक्ष थिए।