• शनिबार, साउन ९ २०८३

भारतसँग १० विकेटको फराकिलो हारसंगै नेपाल यू–१९ एसिया कपको समुह चरणबाटै बाहिरियाे


मंगलबार, मंसिर २६ २०८०
1.9K
Shares

भारतसँग १० विकेटको फराकिलो हार व्यहोरेसँगै नेपाली युवा टोली एसीसी यू–१९ एसिया कपको समुह चरणबाटै बाहिरिएको छ।

उपाधि दाबेदारको रुपमा हेरिएको नेपालले लगातार तेस्रो हार व्यहोर्दै एसिया कप यात्रा पनि सकाएको छ। उमेर समुहमा नेपालले भारतलाई सन् २०१७ पछि हराउन सकेको छैन।

नेपालले अब जनवरी–फेब्रुअरीमा यू–१९ विश्वकप खेल्नेछ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

नेपालले दिएको ५३ रनको झिनो लक्ष्य भारतले ७.१ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार