• शनिबार, साउन ९ २०८३

यू-१९ एसिया कप: भारतविरुद्ध नेपाल ५२ रनमै अलआउट


मंगलबार, मंसिर २६ २०८०
1.5K
Shares

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कपमा भारतविरुद्ध नेपाल ५२ रनमै अलआउट भएको छ ।

समूह ‘ए’ अन्तर्गत दुबईमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २२ ओभर १ बलमै सबै विकेट गुमाएर ५२ रन मात्र जोड्न सक्यो ।

नेपालका लागि हेमन्त धामीले ८ रन तथा दीपक बोहरा र अर्जुन कुमालले समान ७-७ रन बनाए । कप्तान देव खनाल भने २ रन तथा गुल्सन झा ४ रनमा आउट हुँदा अर्का दीपक बोहोरा १ तथा दीपक प्रसाद डुम्रे र उत्तम थापामगर शून्य रनमै पभेलियन फर्किए ।

दिपेश कँडेलले ४ रन, सुवाश भण्डारीले २ रन र आकाश चन्दले ४ रन जोडे ।

भारतका राज लुम्बानीले ७ तथा आराध्या शुक्लाले २ विकेट लिए । आर्शिन कुलकर्नीले १ विकेट हात पारे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार