• आइतबार, कार्तिक २ २०८३

एनसेलविरुद्ध सांसद अमरेश सिंहको रिटमा सुनुवाइ हुँदै


मंगलबार, मंसिर २६ २०८०
2.2K
Shares

काठमाडौँ- निजी क्षेत्रको ठूलो दूरसञ्चार कम्पनी एनसेलविरुद्ध प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ।

दुई दिनसम्म ‘हेर्न नभ्याइने’ मा परेको उक्त रिटमा सुनुवाइ हुने भएको हो। गत शुक्रबार सांसद सिंहले सर्वोच्चमा रिट दायर गरेका थिए।

आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा पेसी ताेकिएको थियो। दुवै दिन ‘हेर्न नभ्याइने’ मा परेपछि सिंहको रिटको पेसी आजका तोकिएको थियो।

सिंहले एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोड रुपैयाँमा बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्नुले भ्रष्टाचारको संकेत गरेको दाबी गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार