PM Deuba addressing a programme in Kathmandu, on Tuesday, October 17, 2017. Photo: RSS
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
पार्टी केन्द्रीय कार्यालय, सानेपामा शुक्रबार(मंसिर २९) दिउँसो सवा १२ बजेका लागि बैठक आह्वान भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा महासमिति बैठकको तयारी सम्बन्धमा छलफल हुने पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै, जाजरकोट भूकम्प, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।
बैठठकमा कार्यसम्पादन समतिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले यसअघि आगामी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्ने निर्णय गरेको थियो।