• शनिबार, साउन ९ २०८३

नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित


आइतबार, मंसिर २४ २०८०
1.6K
Shares

काठमाडौँ- एसीसी यू-१९ एशिया कपमा नेपालको सेमिफाइनलको सम्भावना समाप्त भएको छ । समूह ए अन्तर्गत आज सम्पन्न खेलमा अफगानिस्तानसँग ७३ रनले हार बेहोरेपछि नेपालको सेमिफाइनलको सम्भावना सकिएको हो ।

अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा अल आउट हुँदै १८८ रन बनाएको थियो ।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाए पनि अन्य ब्याट्सम्यानले उनलाई साथ नदिँदा नेपाल पराजित भएको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले जमशिद जद्रानको १०६ रनको शतकीय पारीसँगै २६१ रन बनाएको थियो ।

समूह ए मा यो नेपालको लगातार दोस्रो हार हो । यसअघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो । अब नेपालले आफ्नो अन्तिम खेल भारतसँग मंगलबार खेल्ने तालिका रहेको छ ।

त्यस्तै पहिलो खेलमा भारतसँग पराजित भएको अफगानिस्तानले भने यो खेल जितेर सेमिफाइनलको सम्भावनालाई कायमै राखेको छ । अब अफगानिस्तानले मंगलबार पाकिस्तानको सामना गर्ने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार