• शुक्रबार, साउन ८ २०८३

दुई हप्तादेखि भूकम्प पीडितकाे अस्थायी आवास निर्माणमा व्यस्त छन् कांग्रेस नेता शिवाकाेटी


आइतबार, मंसिर २४ २०८०
1.8K
Shares

काठमाडौँ । करिब दुई हप्तादेखि नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकाेटी भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा लागि परेका छन् ।

जाडाे बढ्दै जाँदा अझैपनि भूकम्पपीडितले त्रिपालकाे भरमा दैनिकी गुजार्न परेपछि उनिहरुलाई सहयाेग गर्न भन्दै १३ दिन अघि शिवाकाेटी भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका पूर्ण गाउँमा अस्थायी आवास निर्माणका लागि श्रमदान गर्न समुहसहित त्याँहा पुगेका थिए ।

उनि मंसिर १२ देखि निरन्तर भूकम्प पीडितका लागि अस्थायी टहरा बनाउन व्यस्त छन्। अहिले पूर्ण गाउँमा उनि नेतृत्वकाे समुहले अस्थायी आवास (टहरा) बनाइरहेकाे छ । अस्थायी आवास बनाउन श्रमदान मात्रै हाेइन उनले आवस्यक जस्तापाता, किलाकाँटी, डाेरी, कब्जा लगायतका सामाग्री समेत आफैले जुटाएर भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न लागिपरेका छन् ।

‘हामी १० दिनदेखि निरन्तर आवास निर्माणकाे क्रममा छाै, हाम्राे तार्गेट ५० घर बनाउने हाे’ काँग्रेस नेता शिवाकाेटीले भने ‘भाेली साेमबारसम्ममा सक्ने र हस्तान्तरण गरेर फर्किने योजना छ ।’ यसअघि निर्माण सम्पन्न १५ अस्थायी आवास भने प्रभावितलााई हस्तान्तरण भइसकेकाे उनले बताए ।

नेपाली कांग्रेसले यसपालि जाजरकोट र रुकुम पश्चिममा भूकम्पले असर पारेका क्षेत्रमा एक हजार अस्थायी टहरा बनाउने अभियान थालेसँगै युवा केन्द्रीय नेताहरुलाई सम्बन्धित क्षेत्रमा खटाइरहेको छ । यसअघि महामन्त्रीद्धय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र नेता प्रदिप पाैडेल लगायतकाे टाेली समेत भूकम्प प्रभावित क्षेत्रमा पुगेर अस्थायी आवास निर्माणका लागि श्रमदान गरेका थिए ।

सोही क्रममा शिवाकोटीलाई काँग्रेसले पूर्ण गाउँमा खटाएकाे थियाे । कार्तिक १७ गते राती ११ बजेर ४७ मिनेटमा जाजरकाेटकाे रामीडाँडाँ केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे ।

साे पश्चात उद्धारमा केहि तदारुकता देखाएकाे सरकारले प्रभावितकाे पुनस्थापनामा भने खासै चासाे दिएन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार