• शनिबार, साउन ९ २०८३

गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज


आइतबार, मंसिर २४ २०८०
1.6K
Shares

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन्।

गत मंसिर १९ गते  गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा भर्ना भएका श्रेष्ठको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरिएको थियो।

स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले चिकित्सकको सल्लाह र सिफारिसमा आइतबार डिस्चार्ज गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

गृहमन्त्री श्रेष्ठको उपचारमा डा अरूण मास्के सहितको चिकित्सक टोली संलग्न थियो।

गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीन भ्रमणमा गएका बेला गृहमन्त्री श्रेष्ठको मुटुमा समस्या (एक्युट मायोकार्डियल इन्फ्राक्सन) भएको थियो। त्यहीँ उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएकाले एन्जियोप्लास्टी सर्जरी गरिएको मन्त्रालयले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार