• शनिबार, साउन ९ २०८३

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले देशभर एक महिने अभियान चलाउने


शनिबार, मंसिर २३ २०८०
1.6K
Shares

काठमाडौँ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सुशासनका लागि एक महिने सूचना माग अभियान चलाउने भएको छ ।

महासङ्घ केन्द्रीय कार्य सम्पादन समितिको आज सम्पन्न बैठकले सार्वजनिक सरोकारका निकायमा सुशासन प्रवद्र्धनका लागि सार्वजनिक चासोका विषयमा एक महिनासम्म सूचना माग गर्न सबै प्रदेश र ७७ वटै जिल्लाका शाखालाई निर्देशन दिइएको अध्यक्ष उमीद बागचन्दले जानकारी दिए । आइतबारदेखि सुरु हुने एक महिने अभियान पुस २३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

अभियानका क्रममा मागिएका सूचनाको सदुपयोग गर्दै समाचारका माध्यमबाट आम नागरिकलाई जानकारी गराइने महासङ्घले जनाएको छ । सूचना माग गरेर तथ्य पत्ता लगाई खोज पत्रकारिताका माध्यमबाट निरन्तर पिछा गर्ने पनि अध्यक्ष बागचन्दले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार