• शनिबार, साउन ९ २०८३

एनसेलको शेयर खरिद विक्री प्रक्रिया रोक्न लेखा समितिको निर्देशन

समितिले यो प्रकरणको छानबिन ३० दिनभित्र सक्न सरकारलाई निर्देशन


बुधबार, मंसिर २० २०८०
1.5K
Shares

काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद-विक्री प्रक्रिया रोक्ने निर्णय गरेको छ।

सिंहरबारस्थित समिति सचिवालयमा बुधबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो।

समितिले यो कारोबारको विषयमा अनुसन्धान गरेर निष्कर्षमा नपुगुन्जेलको लागि यथास्थितिमा राख्न निर्देशन दिएको हो।

यसको अर्थ अनुसन्धान सकेर निष्कर्षमा नपुगुन्जेल कारोबार सम्पन्न भएको नमानिने भएको हो। समितिले सरकारलाई ३० दिनभित्र कार्य सम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न गराउन पनि निर्देशन दिएको छ।

समितिले कारोबारको क्रममा कानुनी व्यवस्थाको परिपालना नभएको, सेयर खरिद–बिक्री गर्दा अवास्तविक, अनपेक्षित एवम् अविश्वसनीय र अपारदर्शी तरिकाले अति न्यून मूल्यमा सेयर बिक्री भएको उल्लेख गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार