काठमाडौं । एनसेलको स्वामित्व खरिद बिक्रीका सम्बन्धमा सत्तारुढ दलबिच बालुवाटारमा छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्रीको विषयमा सत्तारुढ दलहरुसँग छलफल गरेका हुन् ।
छलफलमा प्रधानमन्त्रीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेता तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत लगायतका मन्त्रीहरु पनि सहभागी रहेकाे जनाइएकाे छ ।
गत शुक्रबार एनसेलकाे ८० प्रतिशत सेयर स्वामित्व रहेकाे मलेसियन कम्पनी आजियाटाले बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई साढे ६ अर्ब ६६ करोड रूपैयाँमा बिक्री गरेको जनाएकाे थियो ।