• शनिबार, साउन ९ २०८३

अरु सामाजिक सञ्जाल बन्द हुदैनन्, नियमनमा आउछन् : गृहमन्त्री श्रेष्ठ


शनिबार, मंसिर १६ २०८०
1.6K
Shares

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले अरु सामाजिक सञ्जाल नियमन गर्ने बताएका हुन् ।

‘सामाजिक सञ्जाललाई बन्द गर्ने कुरा हामीले गरेका छैनौँ । एउटा टिकटकमाथि यस प्रकारको निर्णय गरिएको हो’, अन्य सामाजिक सञ्जाल बन्द गर्न लागेको हो भन्ने प्रश्नमा उनले भने, ‘अरू सामाजिक सञ्जालका बारेमा चर्चा परिचर्चा भइरहेको छ । त्यो कुरा सत्य होइन । हामी नियमन गर्छौं ।’

सामाजिक सञ्जालले लोकतन्त्र, सामाजिक एकता, व्यक्तिको एउटा स्वतन्त्र बाँच्न पाउने अधिकार, सभ्यता, संस्कृतिलाई रक्षा गर्न योगदान पुर्‍याउनुपर्ने श्रेष्ठले  बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार