• शनिबार, साउन ९ २०८३

भारत र चीनबीच भएकाे भिडन्तमा २० भारतीय सैनिकको मृत्यु


मंगलबार, असार २ २०७७
785
Shares

भारत र चीनबीच सीमाक्षेत्र लद्दाखमा भएको सैनिक झडपमा कम्तिमा २० जना भारतीय सैनिकको मृत्यु भएको छ।

सोमबार राती पूर्वी लद्दाखमा भएको हिंसात्मक सैन्य झडपमा एक कर्नेल र दुई जवान सहित तीन जनाको मृत्यु भएको मंगलबार दिउँसो बताइएको थियो। तर साँझ भारतीय सैन्य अधिकारी र विदेश मन्त्रालयका अधिकारीहरूलाई उधृत गर्दै कम्तिमा २० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

द वासिंगटन पोष्टको अनलाइनले पनि २० जना भारतीय सैनिक मारिएको उल्लेख गरेको छ।

प्रेस ट्रस्ट अफ इन्डिया र द वायर लगायत केही भारतीय अनलाइनले भने १० जनाको मृत्यु भएको जनाएका छन्। बेलायतको द टेलिग्राफले १३ जनाको मृत्यु भएको जनाएको छ।

आफ्ना २० जना सैनिकको मृत्यु भएपछि भारतीय पक्षले चीन सँगको सीमाक्षेत्रमा ‘अलर्ट’ जारी गरेको छ। लद्दाखको सीमा क्षेत्रमा एक महिनादेखि भारत र चीनका सैनिक आमनेसामने भएपछि तनाव बढेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार