• शनिबार, साउन ९ २०८३

छुटेनन् टोपबहादुर-टेकनारायणसहित ९ जना, बालकृष्ण खाँडकाे के हुन्छ ?


शुक्रबार, मंसिर १५ २०८०
2.1K
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्व उपप्रधानमन्त्री समेत रहेका एमाले नेता टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे तथा तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राईसहित नौ जना थुनामै रहने भएका छन् ।

जिल्ला अदालतविरुद्ध उच्च अदालतमा गएका उनीहरुको हकमा यस्तो आदेश आएको हो ।‘घटना विवरण कागज समेतका तत्काल प्राप्त प्रमाणहरुका आधारमा यी निवेदक प्रतिवादीहरु टेकनारायण पाण्डे, डा इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, शन्देश शर्मा, आङटावा शेर्पालाई मुद्दा पर्पक्षका निम्ति थुनामा राख्नेगरी भएको तहाँ अदालतको मिति २०८० असार १ को आदेश मिलको नै देखिँदा परिवर्तन गरिरहनु परेन । कानुन बमोजिम गर्नु’, उच्च अदालत पाटनको आदेशमा भनिएको छ ।

बालकृष्ण खाँडकाे बिषयमा मत बाझियाे

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने विषयमा दुई न्यायाधीशबीच न्यायाधीशबीच मत बाझिएको छ ।

न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा रहेको उक्त मुद्दामा न्यायाधीश पाण्डेले खाडलाई धरौटीमा रिहा गर्नुपर्ने राय राखेपनि अर्का न्यायाधीश खरेलले असहमती जनाएपछि निर्णय हुन नसकेको हो ।

अब तेस्रो न्यायाधीश समक्ष खाणको मुद्दा पेस गरिने उच्च अदालत पाटनले जनाएको छ । सोही मुद्दामा खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई भने धरौटीमा छोड्ने आदेश गरिएको छ । उनलाई १० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश भएको हो । केसीसहित ७ जनालाई धराैटीमा छाेड्न आदेश भएकाे हाे ।

र, याेपनि पढ्नुहाेस्

नक्कली भुटानी शरणार्थी प्रकरण: ७ जनालाई धरौटीमा रिहा गर्न आदेश

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार