काठमाडाैँ । दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘सरकार’ घोषणा गर्ने तयारी गरेका छन्।
प्रसाईं समूहले मंसिर ३० गते ‘नागरिक सरकार’ घोषणा गर्ने तयारी गरेको हो।
‘नागरिक सरकार’ले पुराना दलहरूको विरुद्धमा केन्द्रित कार्यक्रम गर्ने भएको छ।
योसँगै मंसिर ७ गते सुरु भएको प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को काठमाडौँकेन्द्रित कार्यक्रम सकिएको छ। अब विभिन्न जिल्लामा विकेन्द्रित गर्ने र ‘नागरिक सरकार’लाई वडादेखि जिल्ला हुँदै केन्द्रसम्म पुर्याउने समूहले जनाएको छ।
अभियानको अध्यक्षमण्डलका सदस्य हरि कार्कीले नेपालखबरलाई दिएको जानकारी अनुसार, नागिरक सरकारको प्रमुख दुर्गा प्रसाईं रहनेछन्। मन्त्रिमण्डलमा कोको रहने भन्नेबारे गृहकार्य भइरहेको कार्कीले बताए।