• शुक्रबार, साउन ८ २०८३

आजकाे मन्त्रिपरिषद् बैठकमा के-के भयाे निर्णय ?


बुधबार, मंसिर १३ २०८०
1.4K
Shares

काठमाडाैँ । बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक सकिएकाे छ । बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन दुई महिनापछि गर्ने निर्णय गरेको हो।

त्यसैगरी गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित जाजरकोट र रूकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय  पनि सरकारले गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय पनि सरकारले गरेकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार