pklgjf{rgdf lgjf{lrt /fli6«o :jtGq kf6L{sf /lj nfld5fg] / :jl0f{d jfUn]n] z'qmaf/ l;+xb/af/l:yt ;+3Lo ;+;b ;lrjfnodf ;efd'v b]j/fh l3ld/]af6 ;f+;b kbsf] zky u|x0f ub}{ . tl:a/ c+ub 9sfn . sflGtk'/
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बसिरहेको छ।
सोमबार सुरु भएको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको पनि सहभागिता छ।
बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक तथा अनुशासनसम्बन्धी प्रतिवेदनमा छलफल भइरहेको छ। यसै क्रममा सांसद डा. स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापतिको जिम्मेवारी दिनेबारे छलफल भइरहेको छ।
कांग्रेस त्यागेर रास्वपा प्रवेश गरी गत वैशाखको उपनिर्वाचनमा तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका वाग्लेलाई पार्टीमा कुनै कार्यकारी भूमिका दिइएको छैन।
वाग्लेलाई यही बैठकबाट केन्द्रीय सदस्य मनोनयन गर्ने र उपसभापतिको जिम्मेवारी पनि तोक्ने विषयमा छलफल भए पनि निर्णय भने भइसकेको छैन।
अहिले नै त्यो जिम्मेवारी दिने कि आउँदो महाधिवेशनसम्म कुर्ने भन्ने विभिन्न कोणबाट समेत छलफल भइरहेकाे बताइएकाे छ ।
अहिले सभापति लामिछाने रहेको पार्टीमा उपसभापति डोलप्रसाद अर्याल मात्र छन्। रास्वपामा हाल ४० सदस्यीय सदस्य छन्।