• शनिबार, साउन ९ २०८३

दुर्गा प्रसाईं समुहको प्रदर्शनमा धर्मगुरु श्रीनिवास सहित १४ जना पक्राउ


सोमबार, मंसिर ११ २०८०
2.3K
Shares

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनलाई भड्काउन खोजको भन्दै सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्यसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आचार्य श्रीनिवासले त्रिशुल लिएर सडकमा निस्केको र अराजक अभिव्यक्ति दिएको आरोप छ ।

पक्राउ पर्नेमा अछामका भोजराज तिमल्सिना, सुनसरीका निकेश बास्तोला, रामेछाप घर भएका हरि बिसुन्के, सर्लाहीका दीपक गोस्वामी, दोलखाका देवेन्द्र कार्की, उदयपुरका भुवन परियार, पूर्वी नवलपरासीका यदुनाथ सिग्देल र राजु तामाङ छन् ।

यस्तै, पर्वतका देउबहादुर रिजाल, भक्तपुरका युभिन श्रेष्ठ, श्रीनिवास आचार्य, सुनसरीका सुजन खड्का, खोटाङ घर भएका मेहरमान बस्नेत र सुनसरीका दीपेश खड्कालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार