• शनिबार, साउन ९ २०८३

बुवाको हत्या आरोपमा छोरा पक्राउ


सोमबार, मंसिर ११ २०८०
1.2K
Shares

काठमाडाैँ ।  झापामा आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।

जिल्लाको कमल गाउँपालिका–४ बस्ने ४५ बर्षीय भोलाकुमार तामाङ्गको सोमबार बिहान हत्या गरेको आरोपमा उनकै छोरा २३ वर्षीय आशिष तामाङ्गलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

घटनापश्चात भागेका छोरा आशिषलाई प्रहरीले सोहि गाउँपालिका –४ दुध डेरी भन्ने स्थानबाट बाट पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमक लगेको छ ।

भोलाकुमारको टाउको र खुट्टामा चोट देखिएको छ । आशिषले कराइ र दाउ प्रहार गरी बुवाको हत्या गरेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार