• शनिबार, साउन ९ २०८३

एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा तोडफोड


आइतबार, मंसिर १० २०८०
1.6K
Shares

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई चढेको गाडीमा तोडफोड भएको छ । ताप्लेजुङबाट काठमाडौँ फर्किने क्रममा सचिव भट्टराई चढेको गाडीमा पहिचानवादी समूहका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

त्यसअघि उनलाई कालो झन्डा देखाइएको थियो । ताप्लेजुङस्थित आफ्नै निवासअगाडि सचिव भट्टराईलाई पहिचानवादीहरुको समूहले कालो झन्डा देखाएका हो ।

एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गृहजिल्ला पुगेका भट्टराईलाई कालो झन्डा देखाउँदै पहिचानवादी कार्यकर्ताहरुले उनीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

पहिचान पक्षधरले कोशी प्रदेश नामको खारेजी हुनुपर्ने, साथै किराँत राज्य हुनुपर्नेलगायतका माग गर्दै नाराबाजी गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार