• शनिबार, साउन ९ २०८३

युवा संघ र दुर्गा प्रसाईंका समर्थकबीच बल्खुमा झडप


बिहिबार, मंसिर ७ २०८०
1.3K
Shares

काठमाडौँ। काठमाडौँको बल्खुमा राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईं समूहका समर्थकबीच झडप भएको छ ।

कालीमाटीबाट युवा संघका कार्यकर्ता बल्खु प्रवेश गरेपछि दुई समूहबीच झडप भएको हो ।

झडपको अवस्था बनेपछि प्रहरीले दुवै समूहका कार्यकर्तालाई आआफ्ना कार्यक्रमस्थलतिर जान माइकिङ गरिरहेको छ ।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ ।

त्यही बेला युवासंघको र्‍याली बल्खुमा पुगेको थियो । युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दै छ ।

ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ ।

अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार