काठमाडौँ । डा.बाबुराम भट्टराई र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
मंगलबार काठमाडौंमा बसेको दलको कार्यकारिणी बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको महासचिव रमेशप्रसाद यादवले जानकारी दिए ।
पार्टी एकताका लागि अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाउने र उक्त समितिमा महिन्द्रराय यादव, गंगा श्रेष्ठ लगायत रहने बताइएको छ । दुबै तर्फका दल बाछ समायोजन समिति बनाई सोहि समितिमार्फत पार्टिको नाम, बिधान, संगठनात्मक स्वरुप, झण्डा लगायतका बिषयमा टुंगो लगाउने तयारी नेसपाको छ ।
यो निर्णय संगै जनयुद्धमा लामो समय संगै काम गरेका डा.बाबुराम भट्टराई र प्रचण्ड पुनः एक हुने बाटो खुलेको छ ।