• शनिबार, साउन ९ २०८३

शितलनिवास र वालुवाटार वरपर पनि निषेधाज्ञा


मंगलबार, मंसिर ५ २०८०
2.1K
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास वालुवाटार वरिपर पनि निषेधाज्ञा जारि गरेको छ ।

जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा भन्दै शितलनिवास र बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मंगलबार साझ एक आदेश जारि गर्दै शितलनिवासको पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुशी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ ।

त्यस्तै बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) अनुसार, तोकिएको निषेधित क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउन, अनशन सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।

मंगलबारै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि मन्त्री निवास पुल्चोक क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गरेको छ । काठमाडौं प्रशासनले हिजो सोमबार मात्रै माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रमा निषेधाज्ञा लगाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार