• शनिबार, साउन ९ २०८३

माइतीघरदेखि बानेश्वरसम्म १ महिनाका लागि निषेधित क्षेत्र घोषणा


मंगलबार, मंसिर ५ २०८०
785
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म एक महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी गर्दै काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरेका हुन्।

नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले मंसिर ७ गते माइतीघरमा प्रदर्शन गर्न लागेको पृष्ठभुमिमा एकैदिन दुई पक्षले प्रदर्शन गर्दा शान्ति सुरक्षामा समस्या आउने भन्दै उक्त क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम आदेश जारी गरेर निषेधित क्षेत्र घोषणा गरेको हो।

प्रशसनले तोकोको निषधित क्षेत्र पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म रहेको छ ।

प्रशासनले प्रदर्शनका लागि दुबै पक्षलाई छुट्टाछुट्टै ठाउँ तोक्ने तयारी गरिरहेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले दुबै पक्ष संग छलफल गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार