• शनिबार, साउन ९ २०८३

जापानलाइ हराउदै चार देश सम्मीलित टि–२० क्रिकेट श्रृंखलामा नेपाल तेश्रो


आइतबार, मंसिर ३ २०८०
1.1K
Shares

काठमाडौँ । हङ्गकङ्गमा जारी चार देश सम्मिलित महिला टी–२० क्रिकेट शृङ्खलामा नेपाल तेश्रो भएको छ ।

आइतबार तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको हो । टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउदै १ सय १५ रन बनाएको थियो ।

नेपालका लागि पूजा महतोले ४३ रनको योगदान दिइन् । त्यस्तै रोमा थापाले २२ रन, रुबिना क्षेत्रीले २१ रन र कप्तान इन्दू बर्माले १२ रन बनाइन् । जापानका लागि अहिल्या चन्डेल, एरिका क्विन र आयुमी फुजिकावाले एक—एक विकेट लिए ।

११६ रनको लक्ष पछ्याएको जापान निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रनमा समेटीयो । जापानका लागि अकारी निसिमुराले सर्वाधिक २९ रन बनाइन्, हिनासे गोतोले पनि १६ रन तथा अहिल्या चन्डेलले ११ रन जोड्नु बाहेक जापानका अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका बलर संगिता राई इन्दू बर्मा, सीता रानामगर, खुसी डंगोल र सोनी पाख्रिनले एक—एक विकेट लिए ।

उपाधिका लागि तान्जानिया र हङकङ विच आइतबार दिउँसो खेल हुदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार