काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घरदैलो अभियानको तयारीलाई तीव्र पारेको छ । मंसिर २, ३ र ४ गते रास्वपाले गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी गराउने मतदाताहरुको सम्मानमा घरदैलो कार्यक्रम गर्न लागेको हो ।
कात्तिक २३ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय अनुसार रास्वपाले घरदैलो कार्यक्रम गर्दैछ ।
२०७९ असार ७ मा स्थापना भएको रास्वपाले ६ महिना नपुग्दै प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ११ लाख ३० हजार ३४४ मत पाएको थियो ।