काठमाडौं । हङकङमा जारि टी–२० सिरिजमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ ।
चार देश सम्मिलित सिरिजमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १८ ओभरमा ५६ रन मात्र बनाउन सक्यो ।
५७ रनको लक्ष्य घरेलु टोली हङकङले ९ ओभरमा मात्र १ विकेटको क्षतिमा पुरा गर्यो । हङकङका लागि नताशा माइल्सले नट आउट ३० रन बनाइन् भने शान्जीन शहजादले अविजित २० रन जोडिन् ।
हङकङको यो लगातार दोस्रो जित हो । नेपालका लागि रुबिना क्षेत्रीले २५ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।