काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।
टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको उनले बताइन् ।
लगतै नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।
प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालका अनुसार टिकटकलाई आधिकारिक पनि इमेल पठाइएकाे र २४ घन्टाभित्र सबै ब्लक हुने सम्भावना छ ।