मुस्ताङको कोरला नाका आज (कात्तिक २७ गते) बाट सञ्चालनमा आउँदैछ।
बिहान १० बजे नेपाल र चिनियाँ अधिकारीले एक समारोहका बीच नाका सञ्चालनमा आएको औपाचारिक घोषणा गर्ने तयारी भएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टासीनर्बु गुरुङले जानकारी दिए।
कोरोना संक्रमणको बेला चार वर्षअघि चीनले कोरला नाका बन्द गरेको थियो। विगत केही समयदेखि सरकारले कोरला नाका सञ्चालनको लागि चीनसँग कुटनीतिक पहल गर्दै आएको थियो। नाका सञ्चालनमा आउने भएपछि स्थानीयबासी खुशी भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गएको असोजमा गरेको चीन भ्रमणका क्रममा चीनले कोरलालगायतका १४ वटा नेपाल९चीन सिमानाका सञ्चालनमा ल्याउने सहमति भएको थियो।