काठमाडाैँ । नेकपा एमालेले जिल्ला अधिवेशनको मिति सारेको छ । यस अघि माघ मसान्त सम्ममा जिल्ला अधिवेशन गर्ने तयारी गरे पनि अहिले भने जेठ मसान्त सम्ममा जिल्ला अधिवेशन गर्न सकिने निर्णय गरेको छ ।
आज काठमाडौँमा बसेको सचिवालयले बैठकले जेठ मसान्तसम्म गर्न सकिने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ ।