• शनिबार, साउन ९ २०८३

भूकम्पपीडितका लागि माओवादीले दियो ५० लाख रुपैयाँ


मंगलबार, कार्तिक २१ २०८०
1.7K
Shares

गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावितहरूको सहयोगका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रले ५० लाख रुपैयाँ उपलब्ध गराएको छ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडितहरूको उद्धार तथा राहतका लागि माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालसहितका नेताहरूले ५० लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन्।

उक्त चेकबाट प्राप्त हुने रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। यसअघि नेपाली कांग्रेस र नेकपा एमालेसहितले पनि राहत रकम सरकारी कोषमा जम्मा गरिसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार