• शनिबार, साउन ९ २०८३

श्रीराम तिवारी पुन: भरतपुर अस्पतालकाे मेसु नियुक्त


मंगलबार, कार्तिक २१ २०८०
1.1K
Shares

चितवन । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट फेरिएका छन् । हाल कार्यरत डा. कृष्णप्रसाद पौडेललाई परिवर्तन गरी स्वास्थ्यमन्त्री मोहन बस्नेतले श्रीराम तिवारीलाई जिम्मेवारी दिएका हुन् ।

संघअन्तर्गत पर्ने यस अस्पतालमा आजै बस्नेतले मन्त्रीस्तरीय निर्णयबाट डा. तिवारीलाई जिम्मेवारी दिएका हुन ।

हाल कार्यरत मेसु डा. पौडेल १०औं तहका चिकित्सक हुन् । उनलाई २०७८ साल भदौ १५ गतेको मन्त्रीस्तरीय निर्णयबाट मेसुको जिम्मेवारी दिइएको थियो ।

भने हाल डा. तिवारी वीर अस्पतालमा कार्यरत तिवारी ११औँ तहका चिकित्सक हुन् । उनी यसअघि पनि भरतपुर अस्पतालका मेसु भइसकेका थिए । डा. पौडेल र तिवारी दुवैजना नेपाली कांग्रेसनिकट हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार