• सोमबार, साउन ११ २०८३

कोशी प्रदेश सरकारलाई दिएको विश्वासको मत कायम राख्दै प्रतिपक्षमा बस्ने एमालेको निर्णय


सोमबार, कार्तिक २० २०८०
1.2K
Shares

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको विश्वासको मत कायम राख्दै प्रतिपक्षमा बस्ने भएको छ ।

एमाले कोशी प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको हो ।

तत्काललाई सरकारलाइ दिएको समर्थन कायमै राख्ने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

गत असोज २७ मा नेपाली कांग्रेस भित्रै विद्रोह गरेका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेले सघाएको थियो । त्यसबखत कार्की र एमालेबिच दुइदल मिलेर सरकार चलाउनुपर्ने अनौपचारिक सहमति भएको थियो ।

तर मुख्यमन्त्री कार्कीले गठबन्धन दल माओबादी र एकिकृत समाजवादीलाई शुक्रबार सरकारमा सामेल गराएपछि एमालेबाट मन्त्री बनेका राम रना मगरले शनिबार राजीनामा दिदै एमाले सरकारबाट बाहिरिएको जनाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार