• शनिबार, साउन ९ २०८३

नेपालको नयाँ नक्सा निसान छापमा समेटियो, संसदबाट सर्बसम्मत पारित


शनिबार, जेष्ठ ३१ २०७७
1.3K
Shares

काठमाडौँ । भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ सर्बसम्मत द्धारा पारित भएको छ ।

मत विभाजनमा सम्बीधान संसोधनको पक्षमा उपस्थित सबै अर्थात २५८ जना, विपक्षमा शुन्य र तटष्ठमा शुन्य मत परेको सभामुख अग्नी प्रसाद सापकोटाले परिणाम सुनाएका हुन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा दफावार छलफल सकिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् ।

यस अघि भएको दफावार छलफलका क्रममा सबै राजनीतिक दलले संसोधनको समर्थन जनाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार