काठमाडौं । टी–२० विश्वकप एसिया छनोटको फाइनल खेलमा नेपाल ओमान सग सुपर ओभरमा पराजित भएको छ ।
सुपरओभरमा पहिले ब्याटिङ्ग गरेको ओमानले नशिम खुसिकाे ३ छक्काको मद्दतमा दिएको २२ रनको लक्ष्य पछ्याएको नेपालले १० रन मात्र बनाउन सक्यो ।
सुपरओभरको पहिलो बलमै नेपालले विकेट गुमायो । ओमानका विकाल खानको बलमा कुशल भुर्तेल क्याच आउट भए । दोेश्रो बलमा कुशल मल्लले कुनै रन लिएनन् तेश्रो बलमा मल्लले एक रन लिए भने चौथो बलमा गुल्सन झाले १ रन मात्र बनाउन सके पाँचौ र छैटौँ बलमा मल्लले दुई चौका प्रहार गरे
यस अघि नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेट गुमाएर १८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
ओमानका ओपनर कश्यप प्रजापतिले ५२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६३ रनको पारी खेलेर आउट भए भने अकिव इलियासले ३३, जिसन मक्सुदले २६ र माेहम्मद नदिमले २४ रन बनाए ।
नेपालका लागि करण केसी र सन्दीप लामीछानेले समान २/२ तथा सोमपाल कामी, गुल्सन झा, विवेक कुमार यादव, अभिनाश बोहराले समान १/१ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ्ग गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएकाे थियाे ।
नेपालका लागि कप्तान रोहित पौडेल र गुल्सन झाले अर्धशतक प्रहार गरे । नेपालका लागि गुल्सन झाले बिश्फोटक पारी खेल्दै २५ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा सर्बाधिक ५४ रन बनाए ।
कप्तान रोहित पौडेलले ३७ बलमा २ छक्का र ५ चौका सहित ५२ रन बनाए । कुशल भुर्तेलले २२ बलमा २ छक्का र ३ चौका को मद्दतमा ३१ रनको योगदान गरे । करन केसीले ६ बल खेल्दै २ छक्का र १ चौकाका मद्दतमा २० रन बनाए ।
त्यस्तै सन्दिप जोराले १० रन बनाए भने आशिफ शेख ६, कुशल मल्ल ३ र विवेक यादव १ रन बनाएर आउट भए ।