काठमाण्डौ । आइसिसी टी–२० विश्वकप एसिया छनोटको फाइनल खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारि खेलमा टस जिती पहिले ब्याटिङ राेजेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनायो ।
नेपालका लागि कप्तान रोहित पौडेल र गुल्सन झाले अर्धशतक प्रहार गरे
नेपालका लागि गुल्सन झाले बिश्फोटक पारी खेल्दै २५ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा सर्बाधिक ५४ रन बनाए ।
कप्तान रोहित पौडेलले ३७ बलमा २ छक्का र ५ चौका सहित ५२ रन बनाएर अबिजित रहे । करन केसीले ६ बल खेल्दै २ छक्का र १ चौकाका मद्दतमा २० रनमा नट आउट रहे ।
कुशल भुर्तेलले २२ बलमा २ छक्का र ३ चौका को मद्दतमा ३१ रनको योगदान गरे । त्यस्तै सन्दिप जोराले १० रन बनाए भने आशिफ शेख ६, कुशल मल्ल ३ र विवेक यादव १ रन बनाएर आउट भए ।
बलिङ्ग तर्फ ओमानका लागि बिलाल खानले ३ विकेट लिए त्यस्तै अकिब इलियसले पनि दुई विकेट हात पारे भने जिसन मक्सुदले एक विकेट लिए ।